
३ पुस, तिलोत्तमा । बिहीबार मुलुककै जेठो बैंक नेपाल बैंक र निजी क्षेत्रको लगानीको मेगा बैंकले गत आर्थिक वर्षको मूनाफाबाट लाभांश दिने घोषणा गरे । तर लाभांस र बोनस बाड्नेमा बैंक हरुको तछाड मछाड हेर्दा लाग्छ के यो सम्भव छ त ? के अब नबिल बैंकले ३० प्रतिशत लाभांश आफ्ना शेयर दह्निलाई बाढ्ला ? पर्खाइको बिषयबस्तु बनेको छ यति बेला शेयर बजारमा तात्तातो बहसमा खुलेको छ। शेयरको जसमा नेपाल बैंकले १२ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश (कर सहित) गरी कुल १६ प्रतिशत दिने निर्णय गरेको छ ।उता मेगा बैंकले पनि बिहीबार नै १० प्रतिशत बोनस शेयर र कर सहित ३.०५ प्रतिशत नगद गरी कुल १३.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । यि दुइ बैंकसहित हालसम्म २७ वाणिज्य बैंक मध्ये २० बैंकले लाभांश घोषणा गरिसकेका छन् ।
अन्य बैंकहरु पनि लाभांश घोषणाको तयारीमा जुटेका छन् । हालसम्म लाभांश घोषणा गर्ने बैंकहरु मध्ये सबैभन्दा धेरै घोषण गर्नेमा हिमालयन बैंक र एनआइशी एशिया बैंक देखिएका छन् । सबैभन्दा कम लाभांश घोषणा गर्नेमा सेञ्चुरी कमर्शीयल बैंक देखिएको छ ।हिमालयन बैंकले ६ प्रतिशत नगद लभांश र १४ प्रतिशत बोनस दिने प्रस्ताव गरेको छ । उता एनआइशी एशियाले भने १९ प्रतिशत बोनस र १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यद्यपि, आकर्षक बोनस दिने नविल बैंक लगायतका आधा दर्जन बैंकहरुले लाभांश घोषणा गर्न अझै बाँकी रहेको छ ।कुमारी बैंक, सिटिजन्स बैंक इन्टरनेसनले घोषण गरेको लाभांश साधारणसभाबाट पारित समेत गराइसकेको छ । अन्य बैंकहरुले भने सभाबाट पारित गराउन बाँकी छ ।
हेरौं कुन बैंकले कति दिदैछन् लाभांश ?
कमेन्ट गर्नुहोस्